सिन्धुली : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सिन्धुली आइपुगेका छन्। प्रचण्ड ‘मुड फ्रेस’ का लागि पत्नी सीता दाहालसहित सिन्धुली आइपुगेको बताइए पनि भोलि बिहान पार्टीका नेता कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको माओवादी केन्द्र सिन्धुलीका अध्यक्ष लेखनाथ दाहाल राजनले बताए।
‘भोलि बिहान प्रचण्डले सिन्धुलीमाढीमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न आफ्ना नेता कार्यकर्तासँग भेटघाट कार्यक्रम बनाइएको छ। माओवादी केन्द्र सिन्धुलीका अध्यक्ष दाहालले भने, ‘यो औपचारिक कार्यक्रम भने होइन।’
प्रचण्डका साथमा प्रचण्ड पत्नी सीता, प्रमुख स्वकीय सचिव जोगबहादुर महरालगायत छन्। पछिल्लो समय सर्वोच्च अदालतले नेकपालाई मान्यता नदिएर एमाले र माओवादी केन्द्रलाई पूर्ववत अवस्थामा कायम गरेपछि नेपाली राजनीति तातिरहेको छ।