२३ वर्षिया विदेशी युवतीले उकासिन २०० टुहुरा बालबालिकाको जीवन, भन्छिन, ‘८० लाख मानिसलाई विर्सनुहोस, एकबाट शुरु गर्नुहोस'(भिडियो)

मनिषा थापा

भक्तपुर  :  सीएनएन हीरोको विजेता, म्यागी डोएन एक साधारण विद्यार्थी थिइन् जुन १८ वर्षको उमेरमा संसारको यात्रामा लागिन। आफ्नो देश छोडेर कतै नगएकी म्यागी संसार हेर्न  पाईला अघि बढाईन।  संसार भ्रमणको क्रममा उनी यस्तो ठाउँमा पुगिन जुन उनले त्यसअघि कहिल्ये देखेकी थिइनन्।

सन् २००५ मा ‘लिपनाउ डट ओआरजी’ संस्थामार्फत संसार हेर्न निस्केकी म्यागीले उत्तरी भारतको एक बाल आश्रममा स्वयंसेवीका रुपमा केही समय बिताएकी थिइन्। त्यहीं उनको नेपाली तोप मल्लसँग चिनजान भयो र उनी पहिलोपटक नेपाल आइन्।

“सशस्त्र द्वन्द्वका कारण त्यो वेलाको नेपाल नाजुक थियो, बस्ने अवस्था थिएन”, उनले भनिन्, “तर, यहाँका महिला र बालबालिकाको बेहाल देखेपछि मेरो मन फेरियो।” त्यहीवेला सुर्खेतमा जग्गा किनिन्। अहिले त्यहाँ ‘कोपिला भ्याली चिल्ड्रेन्स् होम’ छ।

म्यागीले २०१० मा कोपिला भ्याली प्राथमिक विद्यालय र २०१३ मा कोपिला भ्याली महिला केन्द्र खोलिन्। अहिले उनी विद्यालयलाई कक्षा १२ सम्म सञ्चालन गर्न भवन र सुविधासम्पन्न बालगृह निर्माणमा व्यस्त छिन्। उनको यस महान कार्यको धरै उपलब्धि पनि हासिल गरेकी छिन्। उनी गत वर्ष ‘सीएनएन हिरो’ चुनिइन्। उनले हालै २०० अनाथ बालबालिकाको जीवन उकास्न सफल बनेकी छिन् ।

समाजसेवामा संसारमै गनिएको उक्त पुरस्कार ग्रहण गर्दै म्यागीले नेपालले आफूलाई छोरीजस्तै व्यवहार गरेको र नेपाली अनाथ र महिलाको उत्थानमा काम गर्न पाउँदा ठूलो आत्मसन्तुष्टि मिलेको बताएकी थिइन्। ”८० लाख मानिसलाई विर्सनुहोस, एकबाट शुरु गर्नुहोस।” मेगजीको यो एक विचारले बदल्यो सयौ मानिसको सोच। उनी भन्छिन, ‘असम्भब भनेको केहि पनि छैन, म जे पनि गर्न सक्छु भन्ने भावना हुनुपर्छ।

हेर्नुहोस भिडियो ..

प्रतिक्रिया