justnep single

म्याराडोनाका डाक्टर र उनको क्लिनिकमा प्रहरीले छापा मार्‍यो

रबि धिताल

एजेन्सी : अर्जेन्टिनीका फुटबल खेलाडी डिएगो म्याराडोनाको मृ’त्यु भएको चार दिनपछि प्र’हरीले उनको डाक्टर लियोपोल्डो लुकको क्लिनिक र घरमा छापा मा’रेको छ। विश्वका महान् खेलाडी म्याराडोनाको उपचार क्रममा मृ’त्यु भएको थियो। मृ’त्युमा लापरवाही भएको छ कि भनी प्र’हरीले छापा मारी अनुसन्धान गरिरहेको छ।

६० वर्षको उमेरमा म्याराडोनाको यही २५ नोभेम्बरमा राजधानी ब्युनस आयर्सस्थित घरमै उनो हृदयघातका कारण नि’धन भएको थियो। ​म्याराडोनाका छोरीहरूले उनका बुवालाई दिइने औषधि अनुसन्धान गरिनुपर्ने माग गरेका छन्।

नोभेम्बरको सुरुमा म्याराडोनाको दिमागबाट रगतका थोपाहरू हटाउन शल्यक्रिया गरिएको थियो। यसबाहेक उनी रक्सीको लतबाट मुक्त हुन उपचाररत थिए। डा लुकीका अनुसार आफूहरुले अनुसन्धानमा प्रहरीलाई मद्दत गरिरहेका छन्। आफूले म्याराडोनालाई बचाउन अन्तिमसम्म प्रयासरत रहेको बताए।

स्थानीय समयअनुसार आइतबार बिहान ३० भन्दा बढी प्रहरीले लुकीको घरमा छापा मारेका थिए। अरु ३० जनाले उनको क्लिनिकमा बिहीबार बिहान छापा मारेका थिए।

प्रतिक्रिया