युवती जिस्क्याएको निहुँमा झडप, १५ जना घाइते

admin

सप्तरी, २ माघ : एक युवती जिस्क्याएको निहुँमा भएको विवादमा झडप हुँदा १५ जना घाइते भएका छन् । रुपनी गाउँपालिका-३ हर्दिया कटेयामा युवतीलाई जिस्क्याएको निहुँमा विवाद हुँदा भएको झडपमा १५ जना घाइते भएका हुन् ।

झडपमा युवती पक्षका ८ जना र जिस्क्याउने समूहका ७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवम् प्रवक्ता भुवनेश्वरप्रसाद साहले जानकारी दिए । घाइतेको राजविराजमा रहेको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया