justnep single

यो हप्ता सुनको मूल्य ९ सय रुपैयाँले घट्यो, आज कारोबार कतिमा ?

admin

काठमाडौं, १३ चैत : शुक्रबार सुनको मूल्य ६ सय रुपैयाँले घटेको छ । सुनको मूल्य शुक्रबार तोलामा ८६ हजार तीन सय रुपैयाँमा झरेको हो । समग्रमा भने यो हप्ता सुनको मूल्य ९ सय रुपैयाँले घटेको छ । हप्ताको पहिलो दिन तोलामा ८७ हजार २ सय रुपैयाँ रहेको सुनको मूल्य शुक्रबार ८६ हजार तीन सय रुपैयाँमा झरेको हो ।

आइतबार ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार दुई सय रुपैयाँले घटेको थियो । मंगलबार फेरि तोलामा तीन सय रुपैयाँले घटेर सुनको मूल्य ८६ हजार सात सय रुपैयाँमा झरेको थियो । यो मूल्यमा बुधबार कुनै घटबढ भएन । तर बिहीबार भने तोलामा दुई सय रुपैयाँले बढेर ८६ हजार ९ सय रुपैयाँमा पुगेको थियो ।

यो मूल्यमा फेरि शुक्रबार ६ सय रुपैयाँले घटेको हो । यस्तै यो हप्ता चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले घटेको छ । हप्ताको पहिलो दिन तोलाको १२ सय ८० रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार अन्तिम दिन १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया