justnep single

यौ’नशोषण गरेको पर्दाफासपछि, महिला जिम्न्यास्टिक प्रशिक्षकद्वारा आ’त्मह’त्या

admin

एजेन्सी, १४ फागुन : अमेरिकाका जिम्न्यास्टिक प्रशिक्षक जोन गेडडेर्ट मृत भेटिएका छन् । महिलामाथिको दु’र्व्यवहार र बेचबिखनको अभियोगमा मुद्दा दर्ता भएको केही घण्टापछि बिहीबार गेडडेर्टले आ’त्मह’त्या गरेका हुन् । उनीविरुद्ध दु’र्व्यवहारका २४ वटा मुद्दा मिचिगन राज्यमा दर्ता भएको थियो ।

उनी सन् २०१२ को ओलम्पिक खेलमा महिला जिम्न्यास्टिकतर्फ अमेरिकाका मुख्य प्रशिक्षक थिए । सन् २०१२ मा टोलीका अमेरिकी जिम्न्यास्टिक टोलीका मुख्य प्रशिक्षक गेडडर्ट र टिम डाक्टर लारी नसिर थिए । नसिरमाथि २ सय ५० खेलाडीहरुलाई दु’र्व्यवहार गरेको अभियोग लाग्यो । ६३ वर्षका गेडडेर्टले मिचिगन राज्यमा सञ्चालन गरिरहेको तालिम केन्द्रमा नसिरले जिम डाक्टरका रुपमा काम गरेका थिए ।

नसिरविरुद्ध बयान दिने क्रममा केही जिम्न्यास्टिक खेलाडीहरुले गेडडेर्टको नाम पनि लिएका थिए । यतिबेला सुनुवाइका क्रममा छानविनकर्ताहरु सामु झुठ बोलेको आरोप पनि गेडडर्टविरुद्ध लागेको थियो । छानबिनपछि २०१८ मा नसिरलाई ३ सय वर्षसम्मको जेल सजाय तोकियो ।

त्यसको लामो समयपछि बिहीबार बिहान गेडडर्टविरुद्ध दु’र्व्यवहारका २४ वटा फरक मुद्दा परेको सार्वजनिक घोषणा मिचिगन राज्यकी महान्यायाधिवक्ता दाना नसेलले गरेकी थिइन्, विभिन्न युवतीहरूमाथि गरिएको मौखिक, शारीरिक र यौ’न दु’र्व्यवहारको आरोप यसमा समावेश थियो ।

जसमा १३ र १६ वर्षकी किशोरीमाथि गरिएको यौन शोषण पनि समावेश थियो । यस घटना सार्वजनिक भएको केही घण्टामै गेडडेर्टले आ’त्मह’त्या गरे ।

प्रतिक्रिया