रवि लामिछानेका कारण नांगै साङ्लोमा बाधिएका हरिले पाए नयाँ जीवन, मानव कल्याण र नवजीवन समाजले गर्यो उद्दार

admin

पिएनपिखबर / भक्तपुर, १ जेठ:  लामो समय देखि साङ्लोमा बाधिएर पशुसरह जीवन बिताइ रहेका युवकको उद्दार गरिएको छ । नाङगो अवस्थामा काठमा फलामको साङ्लोले बाधिएर राखिएको कपिलवस्तु बाणगङ्गा नगरपालिका वडा नम्बर ६ सुठौली गाउँका हरि भनेर चिनिने टंक प्रसाद न्यौपानेको मानव कल्याण समाज र नवजीवन परोपकार समाजद्वारा उद्दार गरिएको हो ।

विगत १० वर्ष देखी मनोरोगी अवस्थामा रहेका न्यौपानेलाई नेपालदेखी भारत सम्म लगेर उपचार गर्दा सम्म उपचार नलागे पछि ठूलो काठमा फलामको रड दोबारेर खुट्टा त्यसमा अड्काएर दुई महिनादेखि परिवारले बाध्य भएर उनलाई बाधेर राख्नु परेको उनको वृद्ध आमाले बताइन ।

न्युज २४  टेलिभिजनको “सिधा कुरा जनतासँग” को कार्यक्रममा न्यौपानेको बारेमा समाचार प्रशारण हुने बित्तिकै उद्दार गर्न मानव कल्यान समाजकी अध्यक्ष सुमि मानव र नवजीवन परोपकार समाजका दुर्गानाथ दाहाल र समाजसेवी मिरा केसि कपिलवस्तु पुगेका थिए ।

उद्दार गरिएका न्यौपानेको स्वास्थ उपचार पछि मानव कल्याण समाजमा राखिने मानव कल्याणकी अध्यक्ष सुमि मानवले पिएनपिखबरसंग बताइन । सुमी मानवसँग हातेमालो गरेर न्यौपानेलाई सहयोग गर्न चहानुहुन्छ भने ९८४५१०६३८० मा सम्पर्क गर्नहोला।

प्रतिक्रिया