justnep single

रवि लामिछानेको सक्रियतामा बनेको अस्पताल सञ्चालनमा

admin

काठमाडौं, ३१ चैत : सञ्चारकर्मी रवि लामिछाने लगायतको सक्रियतामा कालिकोट जिल्लामा बनेको रास्कोट सामुदायिक अस्पताल सञ्चालनमा आएको छ ।

रास्कोट नगरपालिकामा आजदेखि सञ्चालनमा आएको सो अस्पतालको उद्घाटनका लागि लामिछाने कालीकोट पुगेका छन् ।

१५ शैया रहने सो अस्पतालमा एमबिबिएस चिकित्सकले सेवा दिने बताइएको छ । अस्पतालमा आकस्मिक सेवाका लागि ५ शैया राखिएको छ ।

देश विदेशमा रहेका नेपालीहरुको तर्फबाट उठेको सहयोग ६ करोड २२ लाख रुपैयाँमा अस्पताल भवन बनेको हो ।

प्रतिक्रिया