justnep single

रामबहादुर थापालाई एमालेकाे वाग्मती प्रदेश इन्चार्जकाे जिम्मेवारी

admin

काठमाण्डाै : नेकपा एमालेकाे केपी ओली पक्षले सातै प्रदेशमा इन्चार्ज तोकेको छ । सर्वोच्च अदालतको आदेशअनुसार साविकको अवस्थामा फर्किएको एमालेले सातै प्रदेशमा पार्टीका इन्चार्ज तोकेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको माधवकुमार नेपाल पक्ष अनुपस्थित एमालेको केन्द्रीय कमिटीको बैठकले प्रदेश १ को इन्चार्जमा भीम आचार्यलाई हटाएर सुवासचन्द्र नेम्वाङ, वाग्मती प्रदेशको इन्चार्जमा अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापा बादललाई ताेकेकाे हाे ।

त्यस्तै कर्णाली प्रदेशको इन्चार्जमा युवराज ज्ञवालीलाई हटाएर यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशको इन्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिएको छ ।

प्रदेश २ मा सत्यनारायण मण्डल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीमा शङ्कर पोखरेल नै हुनुहुन्छ । उनीहरू ओली पक्षका नेता हुन् । यस्तै विदेश विभाग प्रमुखमा माधवकुमार नेपाललाई हटाएर राजन भट्टराई तोकिनुभएको छ ।

प्रतिक्रिया