रामेछाप , ९ असोज : सुनापति गाउँपालिकामा शनिबार साँझ कांग्रेस कार्यकर्ता सवार जिप दु र्घटना भएको छ । दुर्घ टनामा कांग्रेस रामेछापका उपसभापति जितेन्द्र मोक्तानलगायत ५ जना घा इते भएका छन् । घा इतेमध्ये २ जनाको अवस्था गम्भीर छ ।
जिल्ला प्रह री कार्यालय रामेछापका प्रह री निरीक्षक श्रीशंकर श्रेष्ठका अनुसार प्रदेश ३–०१–०२४ च १४४० नम्बरको बलेरो जिप सुनापति ४ बेथानको पानीघाट नजिक भिरबाट खसेको थियो ।
जिपमा सवार ५ जनामध्ये मोक्तान र शारदा खत्रीको अवस्था गम्भीर छ । अन्य यात्रु सामान्य घाइते भएका छन् । घाइ तेहरुलाई घट नास्थलबाट उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको छ । कांग्रेसको आइतबार हुने पालिकास्तरको अधिवेशनमा भाग उनीहरु हिलेदेवीतर्फ जाँदै थिए ।