काठमाडौं, २१ पुस : साबिक युवा संघ नेपालको माहासचिब तथा राष्ट्रिय युवा संघका प्रभावशालि नेता कमरेड नरेश शाही कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट निको भएका छन् ।
पार्टी एकता र संगठनको एकता संकटमा परेको बेला बिरामी भएका शाही निको नहुदा संगठनको देशव्यापी आन्दोलनमा समेत असर परेको थियो । अब उनी स्वस्थ्य भएपछि राष्ट्रिय युवा संघले प्रतिगमनका विरुद्ध गर्ने आन्दोलनमा सम्पूर्ण युवाहरुमा उर्जाको संचार हुने देखिन्छ ।