काठमाडौं, २२ पुस : राष्ट्रवादी केन्द्र नेपालले आगामी फागुन २१ गते बृहत खबरदारी र आमसभा गर्ने भएको छ । लामो समयको तयारी पछि राष्ट्रवादी केन्द्र नेपालले आमसभाको आयोजना गरेको हो । राष्ट्र-राष्ट्रियता, धर्म-संस्कृति र जनजीवीकाको सवालमा राष्ट्रिय पुँजीको सुरक्षा र वैदिक सनातन धर्म सापेक्ष राष्ट्र नेपाल निर्माण गर्नका लागि काठमाडौंको भूकुटीमण्डपमा सभा आयोजना गर्न लागिरहेको केन्द्रिय अभियन्ता अनिल राना थारुले जानकारी दिए ।
राष्ट्रिय झण्डामुनि सम्पूर्ण देशभक्त, राष्ट्र-पेमि र राष्ट्रवादी नागरिकहरुलाई गोलवद्ध गर्ने उद्देश्यले सुरु गरिएको सांगठनिक स्वतन्त्र अभियान हो । नेपाली जनतामा उ’त्पीडित दिनप्रतिदिन थपिदै गएको अवस्थामा राष्ट्रवादी केन्द्र नेपालले ५ वटा मुख्य उद्देश्य राखी अ’हिं’सात्मक, शान्तिपूर्ण संचालन गरेको छ ।
– बेरोजगार बर्गको मुक्ति
– वैदिक सनातन धर्म सापेक्ष राष्ट्र
– संघीयता खारेज
– प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपति व्यवस्था
– राष्ट्रिय पुँजी तथा लगानीको संरक्षण लगायत कोभिड-१९ का कारणले पुँजी र लगानी अस्तव्यस्त भएको हुँदा चैत्रदेखि मंसिर सम्मको आर्थिक जटिलता व्यवस्थापन गर्न र व्यवसायीक ऋणको कर र ब्याज मिनाहा गर्नुपर्ने, व्यवसायीक क्षेत्रको भाडा सरकारले जिम्मा लिनुपर्ने, निजि क्षेत्रका कर्मचारी र श्रमिकको ५० प्रतिशत तलब सरकारले जिम्मा लिनुपर्ने र बैंकङ किस्ता अवधि खारेज गर्नुपर्ने वा सार्नुपर्ने जस्ता माग राखी फागुन २१ गते शान्तिपूर्ण आमसभा राखिएको छ ।
यस्तो लेखिएको छ निमन्त्रणा पर्चामा :
राष्ट्रियता धर्म-संस्कृति जन-जीवीका २०७७ फागुन २१ गते भूकुटीमण्डप जाऔ ! राष्ट्रिय पुजी र लगानीको सुरक्षा सहित वैदिक सनातन धर्म सापेक्ष राष्ट्र कायम गरौं ! हार्दिक निमन्त्रणा
राष्ट्र-राष्ट्रियता, धर्म-संस्कृति र जन-जीवीकाको सवालमा (ॐ) ओमकार परिवार भित्रका हिन्दु, बौद्ध, किरात, शिख, जैन लगायत सम्पूर्ण धर्मावलम्बीहरु एकताबद्ध भई राष्ट्र-राष्ट्रियता आ-आफ्नो सनातन धर्म, संस्कृति, भाषा र सभ्यताको पहिचान कायम गरि राख्न राष्ट्रिय पुजी र लगानीको सुरक्षा सहितको वैदिक सनातन धर्म सापेक्ष राष्ट्र नेपाल कायम गर्ने लक्ष्यप्राप्तिका लागी राष्ट्रवादी-केन्द्र-नेपालको आयोजनामा हुन गइरहेको शान्तिपूर्ण खबरदारी आमसभामा उपस्थिति भइदिनका लागी हार्दिक अनुरोध गर्दछौं ।
नोट राष्ट्रवादी केन्द्र नेपाल कुनै र कसैको राजनीतिक दल नभएर यो राष्ट्रिय झण्डा र ॐ को झण्डामा गोलबद्ध भएको सांगठनिक अभियान हो ।
र्याली सुरुहुने समय र स्थान
– कालिमाटी चोक – बिहान ११ बजे
– सोह्रखुट्टे चोक – बिहान ११ बजे
– बत्तीसपुतली – बिहान ११ बजे
– बानेश्वर एभरेस्ट होटल अघि – बिहान ११ बजे
– ललितपुर पुलचोक – बिहान ११ बजे
आमसभा हुने स्थान:
भूकुटीमण्डप, काठमाडौं २०७७ फागुन २१ गते, शुक्रबार दिउँसो ठिक १२:३० बजे
आयोजक : राष्ट्रवादी-केन्द्र-नेपाल सम्पर्क नम्बर : ०१-४२१५१६२
नाराहरु :
१- वैदिक सनातन धर्म सापेक्ष राष्ट्र नेपाल – कायम गर ।
२- संघीयता – खारेज गर
३- राष्ट्रिय पुजी तथा लगानीको सुरक्षा निति – लागु गर
कोभिड १९ का कारणले पुजी र लगानी अस्तव्यस्त भएको हुदा चैत्र देखी मंसिर सम्मको आर्थिक जटिलता व्यवस्थापन गर ।
क) व्यवसायीक ऋणको ब्याज – मिनाहा गर
ख) कर-मिनाहा गर
ग) व्यवसायीक क्षेत्रको भाडा सरकारले – जिम्मा ले
घ) निजि क्षेत्रका कर्मचारी र श्रमिकको ५०५ तलब सरकारले- जिम्मा ले
ङ) बैंकङ किस्ता अबधि – खारेज गर
च) पुरानै धितोमा थप कर्जाको – व्यवस्था गर
४ – शिक्षा , स्वास्थ्य निस्शुल्क सहित रोजगारको – ग्यारेन्टी गर
५ – प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपति व्यवस्था – लागु गर