काठमाडौं : वाम बुद्धिजीवी प्राध्यापक माणिकलाल श्रेष्ठको नि’धन भएको छ। उनको ललितपुरस्थित मेडिसिटी हस्पिटलमा मंगलबार बिहान नि’धन भएको श्रेष्ठ निकट डा. महेशमान श्रेष्ठले जानकारी दिए।
प्रध्यापक श्रेष्ठको केही दिनदेखि मेडिसिटीमा उपचार भइरहेको थियो। उनमा निमोनिया लगायत विभिन्न स्वास्थ्य समस्या थियो। विदेशमा रहेका जेठो छोरा आएपछि मात्र श्रेष्ठको अन्त्ये’ष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।