justnep single

वायु प्रदुषणले कोरोना संक्रमित र श्वासप्रश्वास सम्बन्धी समस्या भएकालाई धेरै असर गर्छ : विशेषज्ञ डा. प्रज्वल श्रेष्ठ

admin

काठमाडौं, २२ पुस : वायु प्रदुषणले कोरोना भाइरसका संक्रमित र श्वासप्रश्वास सम्बन्धी समस्या भएकाहरुलाई धेरै समस्या भैरहेको डाक्टरहरुले बताएका छन् । कोरोना संक्रमण भएर घरमा बसेकाहरुले अक्सिजनको मात्रा ९४ प्रतिशतभन्दा कम रहेको छ भने तत्काल अस्पताल गएर भर्ना भएर बस्नुपर्ने वीर अस्पतालमा छाती रोग विशेषज्ञ डा. प्रज्वल श्रेष्ठ बताउँछन् ।

यस्तो मौसममा उच्च जोखिममा रहेका व्यक्तिहरु घर बाहिर निस्कन नै नहुने उनको भनाई छ । यस्तै मर्निङ वाक, इभिनिङ वाक गर्नेलगायत क्रियाकलापले पनि यस्तो समयमा स्वास्थ्यमा असर गर्ने डा. श्रेष्ठ बताउँछन् । वायु प्रदुषण मापन गर्ने एक्यूआई ५ सय नाघेको खण्डमा स्वास्थ्य आपतकाल घोषणा गर्नुपर्ने भन्दै उनले त्यसै विन्दु नजिक प्रदुषण पुगेकोले विशेष सावधानी अपनाउनुपर्ने बताए ।

यस्तै बालबालिका, बृद्धबृद्धा, गर्भवती, पेटमा रहेको बच्चालगायतलाई वायु प्रदुषणका कारण धेरै समस्या हुने अध्ययनले प्रमाणित गरिसकेकोले विशेष सावधानी अपनाउन उनले आग्रह गरेका छन् । उनले मुटु रोग भएका, हृदयघात भएकालगायत समस्या भैसकाका व्यक्तिहरु उच्च जोखिममा रहेका बताए ।

प्रतिक्रिया