justnep single

विप्लवसँग वार्ता गर्न सरकारले कुनै शर्त राख्दैन : परराष्ट्रमन्त्री ज्ञवाली

admin

काठमाडौं, १० फागुन : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विप्लवसँग वार्ता गर्न सरकारको कुनै शर्त नरहेको बताउनु भएको छ । गुल्मीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री ज्ञवलीले विगतमा सरकारले विप्लवसँग वार्ता गर्न चाहेको तर अहिले ऊ आफै वार्ताको आउने चाहना देखाएकोले सरकारको कुनै शर्त नरहेको बताउनु भयो ।

फाईल फोटो

उहाँले भन्नुभयो, ‘हिं’साभन्दा शान्ति र समृद्धि चाहन्छ सरकार, विप्लव समूहसँग पनि वार्ता गर्न सकारात्म छ।’ त्यस्तै परराष्ट्रमनत्री ज्ञवालीले मुलुक निर्वाचनमा गइसकेको दावी गर्नुभयो । संसद पुनर्स्थापना नहुने जिकीर गर्दै मन्त्री ज्ञावलीले अब ताजा जनादेशमा जानुको विकल्प नरहेको बताउनु भयो ।

उहाँले आधिकारिक नेकपा आफूहरु भएकोसमेत दावी गर्नुभयो । निर्वाचन आयोगले केपी ओली समुहको नेकपालाई आधिकारिकता दिने र निर्वाचन हुनेमा ढुक्क रहन सबैलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया