विहीबार गरेका धार्मिक कार्यले तत्काल शुभफल प्राप्त हुने, यस्तो छ पूजा विधि

रबि धिताल

काठमाडौं । नौं ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने बिहीबार धार्मिक दृष्टीले पनि महत्वपूर्ण मानिन्छ । विहीबार गरेका धार्मिक कार्यको फल तत्काल मिल्ने मानिन्छ । त्यसैले यी कार्यहरु गर्दा शुभफल प्राप्त हुन्छ ।

– भगवान शिवलाई पहेँलो रंगको लड्डू चडाउनुहोस्।

– केरा दान गर्नुहोस् ।

– सूर्य उदाउनु पहिलानै शुद्ध भएर भगवान विष्णुलाई गाईको शुद्ध घ्यू हालेर दियो बाल्नुस् ।

– केसरी वा बेसारको टिका निधारमा लगाउनुहोस् ।

– केराको रुखलाई पूजा गर्नुहोस् र प्रसादमा पहेँलो रंगको पकवान वा फल चढाउनुहोस् ।

– पहेँलो वस्तु दान गर्नुहोस् ।

-बिहान स्नान आदि पश्चात पहेलो बस्त्र लगाउनुपर्छ । त्यसपश्चात पहेंलो फूल र गुड़ चनाको दाललाई एक साथ मिलाएर प्रसाद बनाउनुपर्छ।

-प्रसादलाई भगवनलाई अर्पण गरेर पूजा गर्नुपर्छ । जसका कारण भगवान विष्णु प्रसन्न भएर आशीर्वाद प्राप्त हुन्छ ।

प्रतिक्रिया