justnep single

वेस्ट इन्डिजसँगको टेस्ट शृङ्खला न्युजिल्याण्डले जित्यो

admin

काठमाडौं, २९ मंसिर : वेस्ट इण्डिजसँगको दुई खेलको टेस्ट शृङ्खला न्युजिल्याण्डले जितेको छ । विलिङ्गटनमा सोमबार दोस्रो टेस्टमा एक इनिङ्ग र १२ रनको जित निकाल्दै न्युजिल्याण्डले श्रृङ्खला २-० ले जितेको हो ।

दोस्रो इनिङ्समा वेस्ट इण्डिज ३ सय १७ रनमा अलआउट भएपछि न्युजिल्याण्डले एक इनिङ्समै जित निकालेको हो । फलो अनमा परेको वेस्ट इण्डिजका लागि दोस्रो इनिङ्समा जोन क्याम्पबेलले ६८ रन बनाए । यस्तै कप्तान जासन होल्डरले ६१ र जोसुवा डा सिल्भाले ५७ रन जोडे ।

न्युजिल्याण्डका ट्रेन्ट बोल्ट र निल वाग्नेरले ३/३ विकेट लिए । टिम साउथी र केली जेमिसनले २/२ विकेट लिए । यसअघि पहिलो इनिङ्समा १ सय ३१ रन जोडेपछि न्युजिल्याण्डले वेस्ट इण्डिजलाई ब्याटिङमा पठाएको थियो । घरेलु टोली न्युजिल्याण्डले पहिलो इनिङ्समा ४ सय ६० रन बनाएको थियो ।

न्युजिल्याण्डका हेनरी निकोलसले १ सय ७४ रनको शतकीय पारी खेले । पहिलो टेस्टमा न्युजिल्याण्डले एक इनिङ्स र १ सय ३४ रनको जित निकालेको थियो । यी दुई देशबीच भएको टी ट्वान्टी शृङ्खला पनि न्युजिल्याण्डले नै जितेको थियो ।

प्रतिक्रिया