justnep single

शोक प्रस्ताव पारित गर्दै सकियो आजको प्रतिनिधि सभा बैठक

admin

काठमाडौं, ३ चैत : प्रतिनिधि सभाको मंगलबारको बैठकले तत्कालीन संविधान सभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गर्दै सकिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री यादवको निधनमा प्रस्तुत गरेको शोक प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो ।

बैठकमा यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो । उनको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ । उनी विसं २०७० को संविधान सभा सदस्यमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तर्फबाट बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित थिए ।

यादवको ७५ वर्षको उमेरमा गएको माघ १ गते निधन भएको थियो । प्रतिनिधि सभाको अर्को बैठक यही चैत ६ गते दिउँसो १ बजे बस्नेछ । प्रतिनिधि सभाको मंगलबारको बैठकले सभामुखका अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यको नाम पनि मनोनयन गरेको छ ।

सभामुखका अनुपस्थितिमा डा. डिला सङ्ग्रौला, मानबहादुर विक, राधाकुमारी ज्ञवाली, रेखा शर्मा, रेणुकुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डेयको नाम प्रतिनिधि सभा नियमावली २०७५ को नियम १० को उपनियम (१) बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्य मनोनयन गरिएको हो ।

प्रतिक्रिया