शौच गर्न निस्केकी बालिकालाई अ’पहरण गरी ब’लात्का’र

admin

काठमाडौं, माघ २९ : राति शौच गर्न निस्केकी मोरङको जहजा गाउँपालिका–१ की १४ वर्षीया बालिकालाई दुई युवकले अ’पह’रण गरी ब’लात्कार गरेका छन् ।

आफन्तका अनुसार सोमबार राति साढे ९ बजेतिर पिसाब फेर्न घरबाहिर निस्केकी बालिकालाई दुई युवकले अ’प’हरणको शैलीमा मोटरसाइकलमा राखी लगेका थिए ।

उनीहरुले दुई घण्टापछि बालिकालाई उनकै घरनजिक छाडेर भागेका थिए । युवकले को २२ प १८१६ नम्बरको मोटरसाइकल प्रयोग गरेको प्र’हरीले जनाएको छ । ‘म शौच गर्न बाहिर निस्किएको समयमा ज’बर्ज’स्ती मोटरसाइकलमा राखेर लगे,’ पी’डित बालिकाले भनिन्, ‘सडकमा दुईजना केटाहरु बसेका रहेछन्, मैले देखिनँ ।

एक्लै भएको मौका पारेर उनीहरुले ज’बरज’स्ती मेरो मुख थुनेर बाइकमा बसाएर लगे । चिच्याउन लाग्दा मुखमा सल कोचे ।’ घरदेखि धेरै टाढा रानी भेडयारीको मकैबारीमा लगेर मा’र्ने दिइ आफूलाई जब’र्जस्ती गरेको ती बालिकाले बताइन् । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू