संगठन विस्तारको लागि नगेन्द्र देउजा र सन्तोष राजावादी झापामा

रबि धिताल

काठमाडौं:  वीर गोर्खालिका प्रमुख अभियन्ता नगेन्द्र देउजा र एटिएफ फोर्सका संयोजक सन्तोष राजावादी लगायतको टोलि संगठन विस्तारको लागि पुर्वका जिल्ला भ्रमणमा निस्केका छ्न। झापा, चितवन लगायत विभिन्न जिल्लामा सयौ युवाहरु अभियानमा प्रबेश गराउन टोलि भ्रमणमा निस्किएको हो।

हिन्दु रास्ट्र र राजसंस्था पुनस्थापनाको लागि अभियानले सडक संघर्षका कार्यक्रम गर्दै आइरहेको छ। अभियानका प्रमुख अभियन्ता देउजाले देश बचाउन अब सबै एकजुट भै हिन्दुराज्य र राजसंस्था पुनस्थापना गर्नुको विकल्प नभएको भन्दै सम्पुर्ण नेपालीले यो अभियानमा साथ दिनेमा आफू आशावादी रहेको बताएका छ्न।

वीर गोर्खाली कै भात्री संगठन एटिएफ फोर्सले अन्यायमा परेकाहरुलाई न्याय दिन युवा शक्ति परिचालन गर्दै आइरहेको छ। पछिल्लो समय युवाहरुमा राजसंस्थाप्रती आकर्षण बढ्दै गएको र देशैभर एटिएफ फोर्सलाई युवाहरुले साथ दिनेमा बिश्वस्त रहेको संयोजक सन्तोष राजावादीले बताए। वीर गोर्खाली अभियान हिन्दुराज्य र राजसंस्था पुनस्थापनाको लागि देशदौडाहामा लागिरहेको छ।

प्रतिक्रिया