justnep single

संविधान कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

admin

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । बुधबार महान्यायाधिवक्ता कार्यालयको नयाँ भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले संविधान कार्यान्वयनमा सरकार प्रतिवद्ध रहेको बताउनुभएको हो ।

असंवैधानिक विधिबाट प्रधिनिधि सभा विघटन भएको भन्दै चर्को आलोचना भइरहेको बेला उहाँकाे यस्ताे भनाइ आएकाे हाे ।

कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आम नगारिकको आस्था र विश्वासबाट नै न्यायपालिका र न्याय पद्धति जीवन्त रहने बताउनुभयो । नेपालको संविधानले प्रत्याभुत गरेको स्वतन्त्र, निस्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितताको लागि न्यायपालिका सदैव प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।

कार्यक्रममा नयाँ भवन उद्घाटनसँगै महान्यायाधिवक्ताको कार्यालयको ७० औं स्थापना दिवसको अवसरमा ‘नेपालका सरकारी वकीलहरूको तेश्रो राष्ट्रिय सम्मेलन, २०७७’ समेत समुद्घाटन भएको छ ।

प्रतिक्रिया