justnep single

संसद् विघटनविरुद्ध नौ वटा रिट, दर्ताको लागि प्रक्रिया चल्दै

admin

काठमाडौं, ६ पुस : सर्वोच्च अदालतमा संसद् विघटनको विरुद्धमा रिटको ओइरो लागेको छ । आइतबार दुई वटा रिट प्राप्त भएकोमा सोमबार दिउँसोसम्म सात वटा आइसकेको र अझै पनि आउने क्रम चलिरहेको प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिएका छन् ।

सर्वोच्चमा आएका रिट दर्ताको लागि केही प्रक्रिया पूरा गर्नुपर्ने भएकाले अध्ययन भइरहेको पनि उनले बताए । प्रक्रिया पूरा भएका रिट दर्ताको प्रक्रियामा रहेको पोखरेलको भनाइ छ ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेर बैशाख १७ र २७ गते मध्यावधि चुनाव गर्ने प्रस्ताव स्वीकृत गरेकी छिन् । यसको विरोधमा सडकमा प्रदर्शन सुरु भएको छ भने कानुन व्यवसायी र अधिकारकर्मीले सर्वोच्चमा रिट दर्ताको निवेदन दिइरहेका छन् ।

प्रतिक्रिया