काठमाडौं, १८ असोज : पछिल्लो २४ घण्टामा दुई हजार दुई सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको ससंख्या ८६ हजार आठ सय २३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
बितेको २४ घण्टामा १२ हजार सात सय ८४ जनाको नमुना परीक्षण गर्दा दुई हजार दुई सय ५३ जनामा संक्रमण देखिएको हो । त्यस्तै बितेको २४ घण्टामा एक हजार तीन सय २९ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ६४ हजार ६९ पुगेको छ ।
अब नेपालमा २२ हजार दुई सय १९ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार दुई सय तीन जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा काठमाडौं उपत्यकमा मात्रै १५९९ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा काठमाडौंमा १३७३, ललितपुरमा १८७ र भक्तपुरमा ३९ गरी कुल १५९९ जनामा संक्तमण पुष्टि भएको बताए । यस्तै बितेको २४ घण्टामा सात जनाको ज्यान गएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या पाँच सय ५३ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।