justnep single

सडकमा फेरि पनि धक्का दिनैपर्ने अवस्था आयो, कम्युनिस्ट आन्दोलनबाट गद्दार नेता जन्मिदो रहेछ : अष्टलक्ष्मी शाक्य

admin

काठमाडौं, २९ पुस : नेपाल कम्युनिस्त पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल पक्षकी स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले सडकमा फेरि पनि धक्का दिनैपर्ने अवस्था आएको बताएकी छिन् । प्रचण्ड-माधव पक्षको काठमाडौं जिल्ला कार्यकर्ता भेलामा उनले भनिन्, सडकमा फेरि पनि धक्का दिनैपर्ने अवस्था आएको छ । काठमाडौंबासी लोकतन्त्र र गणतन्त्र प्रेमी हुनुहुन्छ । काठमाडौंबासीले तानाशाही र राजतन्त्र मन पराउनु हुँदैन । प्रतिगमन नसचिएसम्म अब काठमडौंबासी सेलाएर बस्नुहुने छैन ।’

कम्युनिस्ट पार्टीबाटै तानाहाशी नेतृत्व जन्मिदा कम्युस्टि आन्दोलनले धक्का खाएको उनको भनाइ छ । उनले भनिन्, ‘कम्युनिस्ट पार्टी यो देश हाक्नुपर्छ, सुशासन कायम गर्नु पर्छ, समृद्धि ल्याउनु पर्छ भनेर लागिरहेको बेला कम्युनिस्ट पार्टीबाटै तानाहाशी नेतृत्व जन्मिदा कम्युस्टि आन्दोलनले धक्का खाएको छ । फेरि पनि आन्दोलनमा जान्छौं ।’

यसैक्रममा २९५ जना हस्ताक्षर गरेकाले केपी ओलीले निर्वाचन आयोजक कमिटी गठन गरेको शाक्यको भनाइ छ । ‘त्यसमा एक सय जना पनि थिए कि थिएन । यसबाट उहाँलाई लाज लागेपछि उहाँले केन्द्रीय सदस्य थप्नु भएको छ । उनले भनिन्, १४ वर्ष जेल बसेका केपी ओली कम्युनिस्त विरोधी, आचरण विरोध, सिद्धान्त विरोध हुनुहुन्छ । कम्युनिस्ट आन्दोलनबाट गद्दार नेता जन्मिदो रहेछ ।’

नेकपालाई शसक्त र विचार युक्त बनाउन कम्युनिस्ट पार्टीमा आचारण, विचार र सिद्धान्त हुनुपर्नेमा उनको जोड थियो । शाक्यले भनिन्, ‘मेरो मान्छे फलानो मान्छे भनेर हुँदैन । संघीय लोकतान्त्रिक गणतन्त्रको सृदृढीकरण लागि हामीले लाग्नुपर्छ । प्रतिगमनकारी र तानाशाही केपी ओलीले घुँडा तेक्नुपर्छ ।’

प्रतिक्रिया