justnep single

सत्यमोहन जोशी दम्पतीको मरणोपरान्त शरीर दान गर्ने निर्णय

रबि धिताल

काठमाडौं : शताब्दी पुरुष सत्यमोहन जोशी र उनकी धर्मपत्नी राधादेवी जोशीले आफ्नो मरणोपरान्त शरीर चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि दान गर्ने घोषणा गरेका छन्।

शुक्रबार आयोजित एक कार्यक्रममा जोशी दम्पतीले आफ्नो शरीरको शेषपछि चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किष्ट मेडिकल कलेजलाई अर्पण गर्ने जानकारी दिए। जोशी दम्पतीले किष्ट मेडिकल कलेजलाई लेखिएको शरीर दान गर्ने मञ्जुरीपत्रमा हस्ताक्षर गरेका छन्।

उनीहरुले आफ्नो छोरा अनुराज जोशीसमेतको सहमतिमा हस्ताक्षर गरेका हुन्। शताब्दी पुरुष जोशीले आफ्नो आयु कसरी भयो भनेर अध्ययन गर्न काम लागोस् भनेर स्वेच्छाले दान दिएको बताए।

घोषणा कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शताब्दी पुरुष जोशीले शरीर दान दिएर माइलस्टोन कोरेका बताए। उनले आफ्नो जीवनमा अनेकौँ इतिहास रचेकाले सबैको गौरव, प्रेरणा र आदर्श रहेको बताए।

प्रतिक्रिया