भक्तपुर, ६ असाेज : सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सूर्यविनायक शाखा भक्तपुरले आफ्नो स्थापना दिवस मनाएको छ ।
दिवसको अवसरमा भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोल मा रहेको ’आफ्नो घर आश्रममा नेपाल ’ मा रहेका अशक्त र वृद्धवृद्धाहरुलाई खाजाको खुवाएर मनाएको हो ।
त्यहाँ रहेका ५९ जनालाई खाजा खुवाइएको हो । कार्यक्रममा संस्थाको नाफा मात्र नभइ समाजप्रति उत्तरदायित्व सधैं रहने संदेश दिएको सूर्यविनायक शाखाका प्रमुख भुवन केसीले बताए ।
उनले अब संस्थाले मात्र नभई प्रत्येकले आफ्नो जन्म दिन वा कुनै शुभ अवसरमा समाजमा रहेका असहाय, अशक्त ,वृद्धवृद्धा तथा बालबालिका लागि महत्वपूर्ण काम गर्नु पर्ने बताएका थिए ।