काठमाडौं, २४ कात्तिक : समुदायमा कोरोना संक्रमण फैलिएसँगै नेपालमा संक्रमितहरुको मृ’त्युदर बढ्दै गएको छ । गत २४ घण्टामा थप २१ जनाको मृ’त्यु भएको छ । योसहित नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या ११ सय ८ पुगेको छ ।
बिहीबारयता तीन दिनभित्रमा देशभरीमा ७४ जनाको मृत्यु भएको छ । असोज तेस्रो सातासम्म कुल संक्रमित मध्येमा ०.५ प्रतिशत मृत्यु दर रहेकोमा कात्तिकको तेस्रो सातादेखि यता शुन्य दशमलव १ प्रतिशत बढेर ०.६ प्रतिशत पुुगेको छ ।
असोजदेखि यता नेपालमा दैनिक १४ देदि ३० जनाको दरले ‘मृत्यु भइरहेको तथ्याकंले औंल्याएका छन् । कात्तिक २२ मा १७, २१ मा १८ जना, २० गते १८ जना र १९ गते एकैदिन ३० जनाको मृ’त्यु भएको छ । त्यसैगरी, कात्तिक १७ गते २४ जना, १६ गते २३ जना, १५ र १४ मा १७ जनाको दरले मृ’त्यु भएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।