justnep single

सरकारद्वारा विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा ‘हितेन्द्रदेव शाक्य’ नियुक्त

admin

काठमाडौं, २७ माघ : सरकारले नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकको जिम्मेवारी हितेन्द्रदेव शाक्यलाई दिने निर्णय गरेको छ । माघ २६ गते सोमबार बसेको मन्त्रीपरिषद बैठकले प्राधिकरणमा कायम मुकायम रहेका शाक्यलाई नै सरकारले कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो । उनको कार्यकाल ४ वर्षको हुनेछ ।

यसअघि करिब ४ वर्ष उनले एनइए इन्जिनियरिङ कम्पनीको प्रबन्ध निर्देशक रहेर जिम्मेवारी सम्हालेका थिए । झन्डै ३ दशक अनुभव भएका शाक्यलाई प्राधिकरण तथा ऊर्जा क्षेत्रमा सक्षम व्यक्तिको रुपमा लिइन्छ ।

यसअघि सरकारले कुलमान घिसिङलाई २०७३ भदौ २९ गते कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको थियो । उनी ४ वर्षे कार्यकाल पूरा गरेर गत भदौ २८ गते बाहिरिएका थिए । लोडसेडिङ अन्त्य गरेको भन्दै आम जनताले घिसिङको प्रशंसा गर्छन् ।

शाक्यलाई कुलमानको सेलिब्रेटी स्टयाटसको चुनौती छ । यद्यपि उनले आफुले सकेसम्म प्राधिकरणलाई माथि उठाउँने गरी काम गर्ने र लोडसेडिङ हुनै नदिने बताएका छन् ।

प्रतिक्रिया