सर्वोच्चको फैसलाले टाउकोमा ड्याम्मै हान्यो : दाहाल

admin

सिन्धुली, ५ चैत्र : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतले प्रतिनिधिसभा पूनःस्थापना भएपछि जितियो भनेर रिल्याक्स गरेर बसेको बेला फागुन २३ गतेको अर्को फैसलाले टाउकोमा ड्याम्मै हानेको टिप्पणी गरेका छन् ।

बिहीबार सिन्धुलीमा नेता तथा कार्यकर्ताहरुसँग कुरा गर्दै दाहालले यस्तो बताएका हुन् । उनले भने, ‘केपी ओली छट्पट्राई रहेको बेला, हामी त ठूलो लडाई जितियो भनेझै गरि रिल्याक्स गरेको बेलामा फेरि सर्वोच्चले पार्टी फुटाई दिएर हामीलाई फेरि टाउकामा ड्याम्म हानेको जस्तो भाछ ।’ उनले आफूहरु राजनीतिक लडाईमा रहेको सुनाए ।

प्रतिक्रिया