justnep single

सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने तयारीमा माओवादी केन्द्र

admin

काठमाडौं, १० चैत : नेकपा माओवादी केन्द्रले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता खारेज गरेर नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसला पुनरावलोकनका लागि निवेदन दिने तयारी गरेको छ ।

सर्वोच्चको फैसला राजनीतिक पूर्वाग्रही भएकाले यसको पुनरावलोकनका लागि निवेदन दिने तयारी भएको माओवादी केन्द्रका मुख्य सचेतक देव गुरुङले जानकारी दिएका छन् । संसदीय दलको कार्यालय सिंहदरबारमा यसबारे (आज) मंगलबार पनि माओवादी केन्द्रका अध्यक्षसहितका नेताहरुले कानुन व्यवसायीहरूसँग छलफल गरेका छन् ।

नाम विवादसम्बन्धी मुद्दामा ऋषि कट्टेलले दायर गरेको मुद्दामा सर्वोच्चले गएको फागुन २३ गते एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेको थियो । यो निर्णय राजनीतिक पूर्वाग्रहले भएको माओवादी केन्द्र र एमालेको खनाल-नेपाल समूहले बताउँदै आएको छ ।

प्रतिक्रिया