साताको अन्तिम दिन आज सुनचाँदीकै मूल्य बढ्यो, कारोबार कतिमा ?

admin

काठमाडौं, २२ असोज : साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । तोलामा दुई सय रुपैयाँले बढेर सुनको मूल्य ९० हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिहीबार पनि सुन तोलामा पाँच सय रुपैयाँले बढेर ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, शुक्रबार तेजाबी सुनको मूल्य समेत दुई सय रुपैयाँले नै वृद्धि हुँदै ९० हजार १५० रुपैयाँ पुगेको महासंघले जनाएको छ । यसैगरी तोलामा १० रुपैयाँले बढेर शुक्रबार चाँदीको मूल्य ११ सय ७० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया