सामाजिक उत्तरदायित्वमा काभ्रेका वित्तिय संस्था कमजोर

रबि धिताल
  • भेषराज दनुवार

काभ्रे: पछिल्लो सयममा काभ्रेमा वित्तिय संस्थाको कारोवार गर्ने क्षेत्रको रुपमा परिचत जिल्लाको रुपमा अगाडी बढिरहको छ । काभ्रे जिल्लामा संख्याको रुपमा मात्र हेर्ने हो भने विभिन्न बैकको शाखाको रुपमा २९ वटा बैकले विभिन्न स्थानिय निकायमा सेवा सञ्चालन गरीरहेको तथ्यांक छ । वित्तिय सस्थामा सहकारीको संख्या पनि उत्तिकै रुपमा अगाडी बढिरहेको देखिन्छ ।

काभ्रेको अन्तिम तथ्यांक जिल्ला सहकारी संघको आवद्धताको आधारमा हेर्ने हो भने १४९५ (एकहजार चार सय पन्चानब्बे) को संख्यामा रहेको छ । काभ्रेमा रहेको विभिन्न वित्तिय सस्थामा हरुमा सहकारी हरु झोलामा सञ्चालन देखि अन्तराष्ट्रिय अवार्ड प्राप्त सम्म रहेको पनि तथ्यांकमा र सामाजिक रुपमा पहिचानमा पाउन सकिन्छ ।

सामाजिक रुपमा हेर्ने हो भने वित्तिय सस्थाको मुख्य भुमिकाको रुपमा आर्थिक रुपान्तरण । स्थायिन नागरीकको बचत परिचालन । स्थानिय सिप परिचालन । समाबेशी आर्थिक बृद्धि । रोजगारी र सीप विकास । अर्थतन्त्रको स्थानिय करण । आर्थिक अन्तरसम्बन्ध विकास । शहर गाउ, सदरमुकाम मोफसल सम्बन्ध स्थापन ।

विश्व व्यापिकरणको स्थानियकरण आर्थिक सञ्चालन र उत्पादनमा संगठन परिवर्तन । आर्थिक दक्षता र स्रोत साधनको विवेकशील प्रयोग । सहितका दिगो समाज मा वित्तिय सस्थाको भूमिका र आवश्यक्ता सहित अगाडी बढनु लक्ष्य सबैको रहेको छ ।

लक्षित उदेश्इ सहित कार्य गरी अगाडी बढदा समग्रमा सामाजिक आर्थिक उन्नति हुने देखिन्छ नै । यसकारण पनि वित्तिय सस्थाको सामाजिक उत्तर दायित्व र भूमिका सहित को वित्तिय सस्थाको भूमिका रहेको छन । वित्तिय सस्था मार्फत वित्तिय सस्थाको सामाजिक र बातावरणिय बिनासको नियन्त्रण भूमिका मा पनि सामाजिक दायित्व हुनु पर्ने देखिन्छ ।

सामाजिक दायित्वमा वित्तिय सस्थाहरु मार्फत सामाजिक भूमिकामा सामाजिक समाबेशिता । सामाजिक अन्तरघुलन । सामाजिक पूजी निमार्ण । सामाजिक पढसोपानको न्यूनिकरण । सामाजिक नेतृत्व विकास लैंगिक न्यास र शशक्तिकरण । सबै मुल्यवान छन भन्ने अनुभूति । जस्ता विषयमा सामाजिक वित्तिय सस्थाको मुख्य भूमिका हुन ।

वित्तिय सस्था मार्फत वातावरणिय बिनासको नियन्त्रण मानव जिवन सुरक्षाको सुनिश्चितता । नविन तथा बैकल्पिक प्रविधिको विकास मार्फत स्रोत संरक्षण । प्राकृतिक साधनहरुको अति उपयोगको नियन्त्रण । नविकरणयि उर्जाको विकास । जैविक विविधता संरक्षण । स्वच्छ विकास संयन्त्र र रैथाने प्रविधि प्रयोग । स्थानिय अनुकुलन कार्यक्रम वित्तिय सस्था मार्फत गरिने दायित्व भित्र नै उल्लेख गरिएको छ ।

सम्पत्ति शुद्धीकरण निवारण निर्देशनबमोजिम गर्ने, गराउने सम्बन्धमा सहकारी संस्थाहरूलाई सहकारी विभागको सूचना रू. ५ करोडभन्दा बढी बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाले चौमासिक रूपमा र अन्य संस्थाले वार्षिक रूपमा सम्बन्धित डिभिजन सहकारी कार्यालय, सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय, वा विभागमा तथा स्थानीय तह वा प्रदेश सरकारमा अभिलेख हस्तान्तरण भएका सहकारी संस्थाहरूको हकमा स्थानीय तह वा प्रदेशको सहकारी मन्त्रालयमा निर्देशनमा तोकिएको ढाँचामा सम्पादित कार्यहरूको प्रतिवेदन पठाउने निगित व्यवस्था रहेको छ ।

२०६३ को चैत्रसम्ममा सहकारी संस्थाहरूको संख्या ९७२० रहेकोमा २०७४ साल अषाढसम्म आइपुग्दा सहकारी संस्थाहरूको संख्या ३४ हजार ५ सय पुगेको छ । यी सहकारीहरूमा सदस्य संख्या ६३ लाख नाघेको छ । महिला सहभागिताको दृष्टिकोणले सहकारी अभियान समृद्ध देखिन्छ । कूल सदस्य संख्यामा महिलाको सहभागिता ५१ प्रतिशतभन्दा पनि बढी छ ।

सहकारीको नेतृत्व तहमा २ लाख ४७ हजार ८ सय २७ जना रहेकोमा महिलाको सहभागिता ३९ प्रतिशत पुगेको छ । करिव ३ हजार सहकरी संस्थाहरूमा महिलाहरूको मात्र सहभागिता रहेको छ । सहकारी क्षेत्रको कारोवारसमेत झण्डै रू.४ खर्व पुगेको छ ।

सहकारी संस्थाहरूले सहकारीको सातौ सिद्धान्त परिपालना गर्नेक्रममा सामुदायिक चासोको विषयहरूलाई यथा शक्य सम्बोधन गर्नु पर्दछ । त्यसैले समुदायमा गर्नु पर्ने कार्यहरू गर्नका लागि रकमको जोहो होस भनी यो कोषको स्थापना गरिएको हो ।

समुदायमा गर्ने कार्यहरू सदस्य तथा गैह्र सदस्य दुवैको हितमा होस भन्ने कुरामा सहकारी संस्थाले ध्यान पु¥याउनु पर्दछ । समुदायमा गरिने कार्यहरू खासगरी वृक्षा रोपण, स्वास्थ्य शिविरहरू, पाटी पौवा, धर्मशाला, विद्यालय भवन निर्माण आदि जस्ता कार्यहरू गर्ने प्रचलन बढी देखिन्छ । यसबाट समुदायले सहकारी संस्थाप्रति सकारात्मक दृष्टिकोण राख्दछन् र संस्थामा सदस्य संख्या बढ्नसमेत योगदान पुग्दछ ।

कानुनमा आधारित नियमन सहकारीमा नेपालको संविधान (२०७२) अनुसार नियमन गर्ने अधिकार संघको क्षेत्रा धिकार भित्र पर्दछ । संबिधानमा संघको अधिकार सूची भित्र अनुसूची ५ मा सहकारी नियमन सम्बन्धी अधिकार प्रदान गरिएको छ ।

प्रदेशको एकल अधिकार सूची अनुसूची ६ मा सहकारी संस्था, संघ र प्रदेशको साझा आधिकार सूची अनुसूची ७ मा सहकारी, स्थानीय तहको एकल अधिकार सूची अनुसूची–८ मा सहकारी संस्था , संघ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूची अनुसूची–९ मा सहकारी उल्लेख गरिएको छ ।

यस अनुसार सहकारी सम्बन्धी कार्य ३ वटै तहबाट हुने देखिन्छ । संबिधानमा उल्लेखित उक्त कार्यहरूलाई कार्य बिस्तितृकरण अनुसार निर्माण गरिएको स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार पालिकाको काम कर्तब्य र अधिकारमा (ख) मा सहकारी संस्थाको नियमन सम्बन्धी अधिकारलाई समाबेश गरिएको छ ।

सहकारी नियमनका चुनौति पनि रहेको देखिन्छ । सहकारी संस्थाको सदस्यहरूको क्रियाशीलता बढाई स्वनियमनलाई प्रभावकारी बनाउनु । नियामक निकायहरूको क्षमता अभिबृद्धि गर्नु । सहकारीका सम्पूर्ण विवरणलाई सूचना प्रणाली कोपोमिसमा आबद्ध गर्नु ।

एकीकरणको माध्यमबाट सहकारीको संख्या घटाउनु । स्वचालित रूपमा नियमन हुन व्यवस्था कायम गरी सहकारीमा सुशासन कायम गर्नु । सदस्यको बचतको सुरक्षा गर्नु । प्राथमिकताप्राप्त क्षेत्रमा लगानी प्रवाहित गर्नु । नियामक निकायहरू बीचको समन्वय र सहकार्यको अभिबृद्धि गर्नु ।

काभ्रे जिल्लामा वित्तिय सामाजिक उत्तर दायित्व विषयमा सामुदायिक सारथि मार्फत जिल्ला स्तरिय साझा सभा कार्यक्रममा सामाजिक उत्तर दायित्व विषयमा कार्यक्रम गरिएको थियो । कार्यक्रमको क्रममा काभ्रेमा रहेको २९ वटा बैकहरु मध्ये २० वटा बैकको शाखा लाई निमन्त्रणा गरिएकोमा बित्तिय सामाजिक दायित्व विषयकै कारण पनि अधिकांश बित्तिय सस्थाका प्रतिनिधि उपस्थित भएनन ।

वित्तिय सामाजिक दायित्व बहनमा वित्तिय सामाजिक दायित्वको रुपमा उपस्थित बित्तिय सस्थाका प्रतिनिधि मार्फत पनि सामाजिक उत्तर दायित्वको काम गरीरहेको तर प्रचार प्रसार अभावको कारण पनि वित्तिय सामाजिक दायित्व बहन पुरा नगरेको विषयमा केन्द्रित रहयो ।

साझा सभाको कार्यक्रम पनौति नगरपालिका उपप्रमुख गिता बञ्जराको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा रोशी गाउपालिका उपप्रमुख लक्ष्मि बर्तौला उप्रतेती तथा पांचखाल नगरपालिका राजश्व परामर्श समति सदस्य वाडा नं. ५ का वडा अध्यक्ष बालकृष्ण सापकोटा तथा चौरी देउरालि गाउपालिका प्रवत्ता राजकुमार गौतम सहित को स्थानिय सरकार जनप्रतिनिधिको उपस्थित रहेको थियो ।

कार्यक्रमको क्रममा पनौति नगपालिका मार्फत तत्काल वित्तिय सामाजिक उत्तर दायित्व विषय नितिगत रुपमा वित्तिय सस्था संग छलफल गरी अगाडी बढने विषयमा नगरमा छुटै कार्यक्रम सञ्चालन गरी अगाडी बढने योजना सहित अगाडी बढने प्रतिबद्धता गर्नु भयो । कार्यक्रमको क्रममा शहरी क्षेत्रमा धेरै बैक शाखा सञ्चालन गर्ने र ग्रामिण भूगोलमा वित्तिय सस्थाको उपस्थिति नै नहुदा आम नागरीक समस्यामा रहेको देखिन्छ भन्ने विषय बस्तुमा चौरी देउरालि गाउपालिका प्रबत्ता राजकुमार गौतमको धारणा रहेको छ ।

रोशी गाउपालिका भरमा रहेको सबै बित्तिय सस्थालाई प्रतिबेदन बुझाउने र छलफल गर्ने सहित रोशी गाउपालिकामा रहेको एउटा बैकमार्फत पनि पर्याप्त सेवा प्रवाह गर्न नसक्दा नागरिक बित्तिय सस्थाको दैनिक सेवामा समेत सहज पहुच नपुगेको देखिन्छ । कार्यक्रम नागरिक समाज सहितको उपस्थितीमा सामुदायिक सारथिका अध्यक्ष कृष्ण प्यारी नकर्मि को अध्यक्षता रहेको थियो । साझा सभा कार्यक्रमको कार्य पत्रको प्रस्तुती प्रा.डा. माधव तिमल्सिनाको गर्नु भएको थियो ।

प्रतिक्रिया