साैताने बहिनी बलात्कार गर्ने बझाङका युवकलाई भारतमा फाँसीको सजाय

admin

काठमाडौं, १० असोज : आफ्नो सौतेनी बहिनीलाई ब लात्कार गरेको भन्दै बझाङका एक युवकलाई भारतमा फाँसी (मृ त्युदण्ड)को सजाय दिइएको छ ।भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको जाजरदेवलमा आफ्नी चार वर्षीया सौतेनी बहिनीलाई ब लात्का र गरेको आरोपमा ती युवकलाई भारतको अदालतले मृ त्युदण्डको सजाय सुनाएको हो ।

चार वर्षीया सौतेनी बहिनीलाई ब लात्का र गरेको आरोपमा भारतको पिथौरागढ प्रह रीले नेपालको बझाङ घर भई हाल पिथौरागढको जाजरदेवल बस्दै आएका ३१ वर्षीय युवकलाई त्यहाँको अदालतले फाँसीको सजाय सुनाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

भारतीय पत्रिका अमर उजालाका अनुसार ती पुरुष ३ अप्रिल २०२१ मा पक्रा उ परेका थिए । गाउँमा बुबाआमाको मृ त्युपछि सौतेनी बहिनी दाइसँग पिथौरागढमा बस्दै आएको बताइएको छ । पिथौरागढको जाजरदेवल थानाका एसआई मेघा शर्माले घट नाको जाँच गरी अदालतमा आरोपपत्र दर्ता गरेका थिए ।

प्रमाण र बयानका आधारमा आरोप पुष्टि भएकाले पिथौरागढ जिल्ला न्यायधीश डा. ज्ञानेन्द्रकुमार शर्माको एकल इजलासले शुक्रबार आरोपीलाई फाँ सी दिएर मृ त्युदण्डको सजाय सुनाएको पत्रिकामा उल्लेख छ । उक्त सजाय भारतीय अपराध दण्ड संहिताको धारा ३७६ ए र बी अनुसार सुनाइएको जनाइएको छ । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू