justnep single

सुनको मूल्य घटेसँगै चाँदी बढ्यो, आज कारोबार कतिमा ?

admin

काठमाडौं, ३० माघ : शुक्रबार सुनको मूल्य घटेसँगै चाँदी भने सामान्य बढेको छ । सुन प्रति तोलामा ६ सय रुपैयाँले घटेर ९० हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार पनि तोलामा ४ सय रुपैयाँले घटेर तोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, महासङ्घका अनुसार तेजाबी सुन ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ । बिहीबार तोलामा १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार बढेर १३ सय २० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया