राजविराज, २२ पुस : पूर्व–पश्चििम राजमार्गअन्तर्गत सप्तरीको रुपनी चौकमा सेनाको गाडीले आज दिउँसो मोटरसाइकललाई ठ’क्कर दिँदा एक जनाको मृ’त्यु भएको छ ।मृ’त्यु हुनेमा मोटरसाइकल चालक सप्तरी अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ का ६५ वर्षीय रामचन्द्रप्रसाद चौधरी थारू रहेको प्र’हरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी दिनुभयो ।
ठ’क्करबाट गम्भी’र घा’इते भएका चौधरीको उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्र’हरी कार्यालयले जनाएको छ ।
अदलीबदली गर्नका लागि सूर्य दल गण विराटनगरबाट भैरवदल गण ललितपुरका लागि ३२ जनासहितको टोली लिएर हिँडेको बा१ग १९८१ नंको नेपाली सेनाको वानटनले सोही दिशाबाट जाँदै गरेको स.५प ५०७६ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चौधरीको मृ’त्यु भएको प्र’हरी नायब उपरीक्षक साहले बताउनुभयो ।
सेनाको गाडी चालक सुनसरीको धरान उपमहानगरपालिका–१७ का ३७ वर्षीय मनिषराज राईलाई प्र’हरीले नियन्त्रणमा लिएको छ भने घट’नाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्र’हरी कार्यालय सप्तरीले जनाएको छ ।