स्वास्थ्यकर्मीद्वारा अनुरोध : निषेधाज्ञाको पूर्ण पालना गरेर सहयोग गरिदिनुहोस्

admin

काठमाडौं, २१ बैशाख : शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका स्वास्थ्यकर्मीले निषेधाज्ञाको पूर्ण पालना गरेर सहयोग गर्न अपिल गरेका छन् । अस्पतालमा कोरोना संक्रमित भएर आउनेको संख्या धान्नै नसक्ने गरी बढेकाले निषेधाज्ञाको पालना गरेर घरमै बस्न स्वास्थ्यकर्मीले आग्रह गरेका हुन् ।

संक्रमितको संख्या बढ्दै जाँदा राम्रोसँग उपचार नै नपाउने अवस्था आउन सक्नेतर्फ सचेत रहन उनीहरूले आग्रह गरेका छन् । अस्पतालका स्वास्थ्यकर्मी सङ्गम कक्षपतिले स्वास्थ्य सावधानीसहित घरमै बसेर कोरोना संक्रमणबाट बचिने भन्दै निषेधाज्ञाको पालना गर्न अनुरोध गरे । अहिले देशैभरिका कोभिड अस्पताल र अन्य सरकारी अस्पतालमा संक्रमितको चाप बढिरहेको छ ।

सोमबार स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा २४ घण्टामा सात हजार तीन सय ८८ जनामा कोरोना संक्रमण देखिएको थियो भने थप ३७ जनाको ज्यान गएको थियो । कोभिड संक्रमणको दोस्रो लहर ७७ वटै जिल्लामा पुगिसकेको छ । यसबाट सर्वसाधारणसँगै अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार संक्रमित हुन थालेका छन् ।

प्रतिक्रिया