justnep single

स्वास्थ्य मन्त्रालयको अपिल : अत्यावश्यक नपरी बाहिर ननिस्कनु, सवारी नचलाउनु

admin

काठमाडौं, १३ चैत : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडाैं उपत्यकामा वायु प्रदूषण बढेको भन्दै अत्यावश्यक नपरी घरबाहिर ननिस्कन अपिल गरेको छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनस्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भएकाले बाहिर ननिस्कन आग्रह गरेको हाे।

मर्निङ वाकमा ननिस्कन, खुला ठाउँमा नबस्न भन्दै मन्त्रालयले विज्ञप्तिमा लेखेको छ, ‘घरभित्रै बसौं, भित्रै व्यायाम गर्न र बालबालिका,दीर्घ रोगी तथा ज्येष्ठ नागरिकहरुको विशेष ख्याल गर्न अनुरोध छ।’

श्वासप्रश्वासमा कठिनाई तथा अन्य समस्याहरु देखा पर्नसक्ने भएकाले फोहोर जलाउने काम नगर्न मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयले अतिआवश्यक नभइ सवारीसाधनसमेत नचलाउन भनेको छ।

प्रतिक्रिया