हाईड्रोपावरको सुरुङभित्र युवकको मृ’त्यु

admin

सोलुखुम्बु, असोज ११ : सोलुखुम्बुको सोलुखोला दूधकोशी जलविद्युत आयोजनाको सुरुङभित्र ढुङ्गाले लागेर गम्भिर घा’इते भएका श्रमिक रवी थामीको मृ’त्यु भएको छ ।

निर्माणाधीन ८६ मेगावाटको हाईड्रोपावरको अडिट नं.४ को सुरुङभित्र काम गर्ने क्रममा शुक्रबार दिउँसो माथिबाट खसेको ढुङ्गाले लागेर गम्भिर घा’इते भएका उनको उपचारका क्रममा काठमाडौंमा मृ’त्यु भएको हो ।

घा’इते भएपछि लिखुपिके गाउँपालिका–५ का ३६ वर्षिय थामीलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।

प्रतिक्रिया