हिन्दु धर्म र राजसंस्थाको नाममा गणतन्त्र प्रति वितृष्णा फैलाउने काम बन्द गरौं: नेता रिजाल

admin

काठमाडौँ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता राम प्रसाद रिजालले हिन्दु धर्मको नाममा, राजसंस्थाको नाममा दलहरू प्रति जनतामा वितृष्णा फैलाउने कामको गरिएको प्रति आपत्ति जनाएका छन ।

विभिन्न धर्मको नाममा जातको नाममा विभिन्न संघ संस्थाहरुको नाममा अराजक गतिविधिहरु बढिरहेको भन्दै नेता रिजालले यस्ता गतिविधी रोक्नु पर्ने बताएका हुन ।

गणतन्त्र र संघीयता विरोधी कार्य र लोकतांत्रिक ब्यवस्थालाई नै कमजोर बनाउने खेलमा विभिन्न समुह लागेको भन्दै नेता रिजालले राजा फर्काउन कुचेष्टा पुरा नहुने बताए ।

उनले भने, ‘त्यो उनीहरूको दिवा सपना हो र पुरा हुदैन, बरु ब्यवस्थाका कमजोरीहरू छन त्यसलाई सच्याउदै अघि बढ्नु पर्छ ।’ सरकारका कमजोरीहरू लाई सच्याउनै पर्ने भन्दै उनले नेकपाको विकल्प नेकपा नै तथा गणतन्त्र को विकल्प गणतन्त्र नै भएको बताए ।

उनले भने, ‘म राजावादीहरु तथा सडकमा उफ्रिने नागरिक अभियान्ता हौं भन्नेहरू लाई जनमतको पनि ख्याल गर्न अनुरोध गर्दछु ।’ गणतंत्र संघियतालाई बलियो बनाईं सरकारको काम प्रभावकारी बनाउनै पर्छ, योग्यता क्षमता अनुभव को आधारमा मन्त्रीमण्डल पुनर्गठन गर्न ढिलो गर्नु हुदैन त्यस्तै प्रदेश सरकारको मन्त्रीमण्डल पनि पुनर्गठन गर्नुपर्छ ।

नेकपाले जनताले दिएको जनमतको कदर गर्दै जनताको प्रत्यक्ष जीवनका समस्याहरू हल गर्न सरकारको ध्यान केन्द्रित हुनैपर्छ ।’

प्रतिक्रिया