काठमाडौँ, पुस १० : ललितपुर नेपाली सेनाबाट अवकाशप्राप्त भोलाकुमार जर्घा मगर बुधबार दिउँसो केही कागजपत्र बोकेर महानगरीय प्र’हरी परिसर ललितपुर पुगे। ‘हनी ट्र्याप’मा पारी जर्घालाई कु’टपि’ट तथा लु’ट्ने समूहका एक आरोपित लालबहादुर श्रेष्ठ सँगै थिए। अ’परा’ध महाशाखा काठमाडौंको टोलीले श्रेष्ठलाई प’क्राउ गरी ललितपुर पठाएको थियो।
सिन्धुली कमलामाई नगरपालिका घर भएका जर्घाले साउनमा आफूलाई एक युवतीले नाटकीय ढंगले फसाएको सुनाए। उनका अनुसार घ’टना साउन ८ गतेको हो। उक्त दिन भिनाजु पर्ने व्यक्ति बितेकाले दाहसंस्कारका लागि पशुपति आ’र्यघाट जानुप¥यो। त्यसपछि केही सरसामान खरिद गर्न उनी आफन्तका साथ न्युरोड गए।
किनमेल सकाएर रत्नपार्क पुगे। आफन्तहरू हिँडिसकेका थिए। पानी दर्किन थाल्यो। उनी एउटा चिया पसलमा ओत लागेर बसिरहेका थिए। पहेंलो कुर्ता सुरुवाल, हरिया चुरा, मेहेन्दी लगाएकी एक युवती उनी बसेको टेबलमा आइन्। निकै चिसो भएकाले ती युवतीले चिया खुवाउन प्रस्ताव गरिन्।
‘साधारण पहिरनमा थिइन्। छलकपट गर्लाजस्तो लागेन, त्यसैले मःमः खुवाएँ’, जर्र्घाले भने, ‘पानी नरोकिएपछि दुई–तीन घण्टा त्यहीं बस्यौं।’ ती युवतीले पतिले साउदी अरबबाट पठाइदिएको मोबाइल लिन रत्नपार्क आएको बताएकी जर्घाले सुनाए। पानी रोकिएपछि युवतीले आफूलाई कलंकीसम्म छाडिदिन आग्रह गरिन्।
जर्घाले मोटरसाइकलमा राखेर कलंकीतिर हुइँक्याए। त्यतिन्जेल ती युवती बारम्बार फोनमा कुरा गरिरहेकी थिइन्। कलंकी नपुग्दै उनले चोभारमा काम भएकाले त्यतै छाडिदिन भनिन्। चोभार पुगेर सँगै चिया पिए। केही न केही बहाना बनाएर रात पार्न खोजिरहिन्। भैंसेपाटीको बाटो जाऊँ भनिन्। जर्घाले मोटरसाइकल जलबिनायकतिरको बाटोतिर हुइँक्याए।
भैंसेपाटी आउँदै गर्दा मगर गाउँछेउ एक्कासि तीन जना व्यक्ति आए। साँझको ७ ः ४५ बजेको थियो। तीनै जनाले फलामको रड निकालेर जर्घालाई हान्न थाले। उनी ढलेपछि साथमा भएको पैसा, सुन, मोबाइल लुटे। जर्घाले ६ तोलाको सिक्री लगाएका थिए।
महँगो र सस्तो गरी दुईवटा मोबाइल बोकेका थिए। आफूले लगाएको चस्मा र सात हजार रुपैयाँसमेत लगेको उनले सुनाए। उनले उजुरी गर्न प्रहरीकहाँ पुग्दा त्यही महिलाले अरूलाई पनि सोही ठाउँमा सोही बहानामा लुटेको थाहा पाएको बताए।
के हो हनी ट्र्याप ?
हनी ट्र्याप भन्नाले शारीरिक आकर्षण प्रयोग गरी कसैलाई फसाउने तरिका हो। प्राय ठूला व्यवसाय गर्ने व्यक्ति तथा उच्च ओहदामा रहेकाहरूलाई आफ्नो सौन्दर्यमा लोभ्याएर फसाउने गरेको देखिन्छ। प्रहरीले यसलाई अपराधको नयाँ शैली भन्दै आएको छ। पुरुषहरू युवतीको मायाजाल