justnep single

ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, आज कारोबार कतिमा हुँदैछ ?

admin

काठमाडौं, १ पुस : बुधबार सुनको मूल्य ह्वात्तै बढेको छ। यसअघि सोमबार र मंगलबार समान १ सय रुपैयाँले घटेको छापावाला सुनको मूल्य बुधबार एक्कसी ८ सय रुपैयाँले बढेको छ। बुधबार ८ सय रुपैयाँले बढेको छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि मंगलबार सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ कायम भएको थियो । त्यसैगरी, तेजावी सुनको प्रति तोलाको मूल्य ९२ हजार ६५० रुपैयाँ रहेको छ । बुधबार चाँदीको मूल्य पनि बढेको छ । प्रतितोला ३० रुपैयाँ बढेको चाँदीको मूल्य १२ सय ३० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया