काठमाडौं, मंसिर ३ : पछिल्लो २४ घण्टामा १४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४४२ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ ।
२४ घण्टामा जम्मा ६ हजार ७३१ पीसीआर परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार हालसम्म १६ लाख २३ हजार ७५४ जनाको पीसीआर परिक्षण गरिएको छ । सक्रिय संक्रमितको संख्या २८ हजार ८७८ छ । पछिल्लो २४ घण्टामा ३ हजार ५३८ जना कोरोनामुक्त भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या १ लाख ८२ हजार ७८० पुगेको छ । पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृ’त्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबात मृ’त्यु हुनेको संख्या १२५९ पुगेको छ ।