२४ घण्टामा थपिए २ हजार १ सय २० कोरोना संक्रमित

admin

काठमाडाैं : पछिल्लो एक दिनमा देशभर २ हजार १ सय २० कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गाैतमले बताएअनुसार यो २४ घण्टामा २ हजार ४४ संक्रमित कोरोनामुक्त भएका छन्।

आज काठमाडाैं उपत्यकामा मात्रै १ हजार १ सय ७७ जना संक्रमित थपिएका छन्। काठमाडाैं जिल्लामा १ हजार १ जना, भक्तपुरमा ६७ जना र ललितपुरमा १ सय ९ जना संक्रमित थपिएका प्रवक्ता गाैतमले बताए। देशभरबाट कोरोना जित्नेहरुको प्रतिशत भने ७४ नाघेको उनले बताए।

हाल देशभरका संस्थागत आइसोलेसनमा ९ हजार ७ सय ७३ जना बसेका छन् भने क्वारेन्टाइनमा ४ हजार २ सय ७३ जना छन्। त्यस्तै देशभरकाहोम आइसोलेसनमा भने ११ हजार ५ सय २९ जना रहेका गाैतमले जानकारी दिए।

त्यस्तै आजको पिसिआर १२ हजार ९ सय ७८ रहेको उनले बताए। हाल देशभर २१ हजार ३ सय २ सक्रिय संक्रमित छन्। हिजो शुक्रबार देशभर २ हजार ७ सय संक्रमित थपिएका थिए भने ३ हजार ३ सय जना कोरोनामुक्त भएका थिए।

प्रतिक्रिया