justnep single

८ सय ४३ कोरोना संक्रमित थपिए, २ सय २६ निको भए

admin

काठमाडौं, ४ बैशाख : पछिल्लो २४ घन्टामा देशभर ८ सय ४३ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २४ घन्टामा ५ हजार ३ सय ३३ जनामा गरिएको पिसिआर परिक्षणमा ७ सय ६८ पोजेटिभ र ६ सय ७१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७५ जना पोजेटिभ गरी जम्मा ८ सय ४३ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।

यस्तै, यही समयमा ५ जना कोरोना संक्रमितको ज्यान गएको छ। भने २ सय २६ जनाले कोरोनालाई जितेर घर फर्किएका छन्। हाल देशभर ७४ जना क्वारेन्टाइनमा रहेको छ र ५ हजार ५ सय ४५ जना संक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया