९० सांसदको प्रस्ताव- ओली हटाएर प्रचण्ड प्रधानमन्त्री

admin

काठमाडौं, पुस ५ : नेकपाका ९० सांसदले संसद सचिवालयमा दर्ता गराएको प्रधानमन्त्री विरु’द्धको अविश्वासको प्रस्तावमा पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन सिफारिस गरेका छन्। नेपालको संविधान अनुसार प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव राख्दा अर्को प्रधानमन्त्रीको नाम सिफारिस गर्नुपर्छ।

९० सांसदले हस्ताक्षर गरेर आज बिहानै दर्ता गराएको अविश्वासको प्रस्तावमा धारा १०० को उपधारा ५ बमोजिम प्रचण्डलाई प्रधानमन्त्री बनाउन सिफारिस गरिएको छ।

अविश्वासको प्रस्तावमा ओली प्रधानमन्त्री भैरहँदा संविधान माथि प्रहार भैरहने र देशले क्षति बेहोर्ने उल्लेख छ। हस्ताक्षर गर्ने सांसदमा नेकपाको सचिवालयमा रहेका अध्यक्ष प्रचण्ड सहित झलनाथ खनाल, माधवकुमार नेपाल सहितका सांसदहरुको हस्ताक्षर छ।

प्रतिक्रिया