अख्तियार आयुक्त पाठकलाई घुस दिने न्यौपाने धरौटी तिर्न नसकेपछि कारागार चलान

admin

काठमाडौं, माघ ८ : नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका पूर्वकार्यकारी अध्यक्ष लम्बोदरकुमार न्यौपाने कारागार चलान भएका छन्। न्यौपाने जिल्ला अदालत भक्तपुरमा ३५ लाख धरौटी बुझाउन नसकेपछि बिहीबार कारागार चलान भएका हुन्।

अनुसन्धान ब्युरो प्रवक्ता प्र’हरी उपरीक्षक गंगा पन्तले बिहीबार न्यौपाने अदालतको आदेशसँगै डिल्लीबजार कारागार चलान भएको जानकारी दिइन्।तत्कालीन अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई ७० लाख रुपैयाँ घु’स दिएको प्रकरणमा मुछिएका न्यौपानेलाई प्र’हरीले ठगी मुद्दामा प’क्राउ गरेको थियो।

न्यौपाने रामेछाप मन्थली नगरपालिका-८ का हुन्। उनी काठमाडौं-४ चण्डोल बसोबास गर्दै आएका थिए। उनलाई गत मंसिर १० गते चण्डोलस्थित निवासबाटै केन्द्रीय अनुसन्धान ब्युरोले प’क्राउ गरेको थियो।

न्यौपानेविरूद्ध कात्तिक २४ गते ब्युरोले जिल्ला अदालत काठमाडौंमा ठ’गी मुद्दा दायर गरेको थियो। त्यसमा उनीसहित पाँच जनालाई प्रतिवादी बनाइएको थियो। उनीसहित पाँच जनाले इन्जिनियरिङ कलेजमा दुई कार्यकालसम्म काम गर्दा ८ करोड २१ लाख ५३ हजार ६५० रुपैयाँ ठगी गरेको मुद्दा थियो।

न्यौपानेवि’रूद्ध बेरुजुसहितको बिगो २३ करोड १० लाख २३ हजार ४४३ रुपैयाँ माग गरिएको छ। भट्टराईको नाममा मात्र रहेको बिगो भने ३ करोड ७१ लाख ५३ हजार ६५० रुपैयाँ मागिएको थियो।

उक्त मुद्दामा ललितपुर महानगरपालिका-९ का सूर्यबहादुर केसी, वडा नम्बर ४ जावलाखेलका रामरत्न उपाध्याय, काठमाडौं-४ विशालनगरका उपेन्द्र गौतम र बालुवाटारका लवराज भट्टराई प्रतिवादी थिए। भट्टराई पाठकलाई ७० लाख घुस दिएको बिगोमा पक्राउ परेका थिए। यो घुस प्रकरणपछि आयुक्त पाठकले राजीनामा दिएका थिए।

प्रतिक्रिया