अन्तत: दुखै दुखमा अस्ताए राजु खत्री; मृत्युमा समेत आइनन् आमा [भिडियोसहित]

पूजा बानियाँ

पिएनपीखबर, भक्तपुर। भनिन्छ हुने हार दैव नटार तर कतिपयले दैवले लान्छु नभनी अकालमा नै धर्तीबाट विदा हुनुपर्दो रहेछ। राजु खत्री जो विगत १३ वर्ष देखि मस्कुलर डीस्ट्रोफीले ग्रसित थिए उनको असमायिक निधनले यति खेर हामी लगायत उनको शुभचिन्तकलाई निकै स्तब्ध बनाएको छ।

८ वर्ष कै बाल उमेरमा नै उनमा कमजोरीपन देखिन थाल्यो। के भयो भनेर उपचार गराउने क्रममा नै उनलाई मस्कुलर डिस्ट्रोफि भन्ने रोग लागेको पत्तो पाइयो। रोग लागेको १ वर्ष सम्म त आमाको ममतामा नै उनी स्याहारिए। आमाको ममता जस्तो निश्चल माया संसारमा अरु कहाँ नै पाइन्छ र तर राजु नै अभागी रहेछन् क्यारे कठै उनले कस्थ्कर जीवन बचिरहदा पनि आमाको मायाममता पाएनन। उनको आमाले उनलाई छोडेर गइन्।

६८ वर्षका बृद्ध बुबा जति हेर्दा सोझो देखिन्छन् उति नै भित्रि मनबाट पनि सफा मन भएका रहेछन्। उनले आफ्नो बृद्ध अवस्थाको मतलब नगरी आफ्नो एक मात्र छोराको स्याहारसुसार अहिले सम्म झर्को नमानी गरिरहेका थिए। अब त राजु नै रहेनन्। अशक्त नै भए पनि आखिर सन्तान त् सन्तान नै हो। छोराकै अनुहार हेरेर बचेका थिए उनी। अब त् छोराको याद मात्र बाँकि रह्यो। आखा भरिको आशु अनि मन भरि याद साचेर बच्नु बाहेक अरु केहि विकल्प रहेन उनको।

अचानक बिहान मुटु दुखे पछि उनले छोरालाई उपचार गर्न गंगालाल अस्पतालमा लगेका थिए। अस्पतालको हेलचेक्राई र आर्थि स्थिति कम्जोर भएकै कारण उनको उपचारमा बाधा अर्चन आयो। उनको प्राण पखेरु उडेर परलोक पुग्यो। उनी ओ संसारमा रहेनन्।

यो दुखद घडीमा राजुको बुबालाई भेट्न पुग्दा उनी नुन खाएको खुखुरा जस्तो झोक्राएर एउटा कुनामा बसिरहेका थिए। कठै उनको त्यो अवस्था दैव पनि कत्ति निर्दयी। वृद्ध बुबाको छोरा खोसेर दैवले के नै पाए होला र तर उनले त जिउने आश नै गुमाए शहरा नै गुमाए। अब कसको लागि म बाच्नु भन्दा मुटु भक्कानिएर आशु कसको पो थामिएला र त्यस्तै थामियनन् मेरा पनि।

अबको उनको एलको जीवन बाच्न उनलाई निकै गारो होला ट्याउट्याउ कराउने छोराको यादले सताउला। तर पनि काल नआएसम्म त् बच्ने पर्यो। जति नै दुख लागे पनि अहिले सम्म मृतकसँगै जान त को नै सकेको छ र। बाँकीको जीवन सहजताको साथ बाच्नको लागि उनलाई सहयोग गर्न चाहानुहुन्छ भने तपाईले पिएनपीखबर डट कम नामक हाम्रो फेसबुक पेजमा मेसेज गर्न सक्नुहुन्छ।

बाँकी हेर्नुहोस् भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू