अब पूर्वआइजीपी खनालविरुद्ध मुद्दा दायरा गर्छौ : खेलाडी सागर थापा

अस्मिता बेल्बासे

काठमाण्डौं, २९ असार : खेलाडी सागर थापाले नेपाली फुटबलमा पहिलो पटक खेल मिलेमतो (म्याच फिक्सिङ)को आरोप लागेर आफ्नो खेल जीवनको उत्कृष्ट समय गुमाएकोमा गुनसो गरेका छन् ।

उनले एक टेलिभिजनलाई अन्तर्वाता दिँदै आँफूहरुलाई नियोजित रुपमै मुद्दा चलाइएकोमा पूर्वआइजीपी सर्वेन्द्र खनालविरुद्ध मुद्दा दायर गर्ने समेत बताएका छन् ।

खेल मिलेमतोको गरेको आरोपमा राज्यविरुद्धको अपराधको मुद्दा लागेका एकफजियोथेरापिस्ट, एक प्रशिक्षक तथा पूर्व खेलाडी र ४ खेलाडीले सर्वोच्चबाट सफाइ पाएका हुन् । सर्वोच्चले यसअघि विशेष अदालतले गरेको फैसला नै सदर गरेको हो ।

उनीहरुलाई यसअघि विशेष अदालतले २०७५ जेठ २४ गते उक्त अभियोगमा निर्दोष रहेको ठहर गर्दै सफाइ दिएको थियो । विशेषको उक्त फैसलाविरुद्ध सरकारी पक्षले २०७५ मंसिर २० गते पुनरावेदन गरेको थियो ।

राष्ट्रिय फुटबल टिमका तत्कालीन कप्तान सागर थापा, विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई, प्रशिक्षक तथा पूर्व खेलाडी अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापाविरुद्ध म्याच फिक्सिङको आरोप लागेको थियो ।

राज्यविरुद्धको अपराधको मुद्दाबाट सफाइ पाएपछि अन्तर्वातामा बल्दै थापाले भनेका छन्, ‘नगरेको अपराधबाट सफाइ पाउँछौँ भन्ने त थाहा थियो । तर यो गम्भीर दाग लगाएर हामीलाई खेलबाट यत्रो वर्ष बाहिर राखिदिएका छन् । मेरो ६ वर्ष कसले फिर्ता गर्छ ?’

अब हामी पूर्वआइजीपी खनालविरुद्ध मुद्दा दायर गर्छौ’ हामीले खेलिरहेको समयमा नभएको त्यस्तो आरोपले देशभर नै गलत सन्देश गयो । एन्फाले पनि केही सोचेन । अब त एन्फाले केही सोच्ला कि । हामी अपराधि होइनौँ भन्ने त प्रमाणित भयो अब त्यसको मूल्याकंन कसले गर्ने ? जीन्दगी नै वरवाद भयो नि’ उनले भने ।

प्रतिक्रिया