अर्जुन कपुर र मलाईका विवाह बन्धनमा बाँधिने

मनिषा थापा

एजेन्सी  :  बलिउडकी आइटम डान्सर मलाईका अरोरा खानले सलमान खानका भाई अरबाज खानसँग डिभोर्स गरेपनि आफ्नो सरनेमबाट खान हटाएकी छैनन् । तर, यतिबेला भने उनको र अभिनेता अर्जुन कपुरबीच सम्बन्ध रहेको हल्लाले बलिउडलाई खुवै तताएको छ।

बलिउड अभिनेता अर्जुन कपुरले आफूभन्दा उमेरमा १२ वर्ष ठूली मलाइका अरोरासँगको सम्बन्धमा थप प्रगति गर्न चाहेको खबर आएको छ । यद्यपी यसबारे मलाइका र अर्जुन दुबैबाट कुनै प्रकारको बयान भने आएको छैन ।

एक रिपोर्ट अनुसार यी जोडी अर्को वर्ष २०१९ मा विवाह बन्धनमा बाधिँदैछन् । यसका साथै यी दुवैले आफ्नो सम्बन्धबारे पनि चाँडै नै आधिकारिकरुपमा खुलासा गर्ने बताइएको छ । यो खबरले अहिले बिटाउनमा निकै ठूलो खैलाबैला मच्चाएको छ । यस अघि यी दुबैलाई मिलान विमानस्थलमा हात पकडेर साथै हिँडेको देखिएको थियो ।

भारतमा करवाचौधको पर्व चलिरहेको अवस्थामा धेरै अभिनेत्रीहरुले आफ्ना श्रीमानका लागि वर्त राखेका छन् । अब अर्जुनसँग मलाइकाको विवाहको हल्ला चलिरहँदा यो वर्त मलाइकाले अर्जुनका लागि राख्छिन् या राख्दिनन् भन्ने थाहा पाउन उनका फ्यानहरु निकै आतुर छन् ।

बलिउडमा आउन अघि अर्जुन कपुर सलमानकी बहिनी अर्पितालाई डेट गर्दै थिए । मलाइका अर्जुनभन्दा १२ वर्ष जेठी छिन् र उनको पूर्व श्रीमान् अरबाज खानबाट १५ वर्षको एउटा छोरो पनि छ । यी दुईको सम्बन्धबाट कपुर परिवार खुशी छैनन् भने यसले सलमान खान र अर्जुन कपुरको सम्बन्धमा पनि दरार उत्पन्न गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू