डिस्चार्ज भएका शाहीले भने, ‘मलाई आक्रमण गर्ने व्यक्तिहरु एसपी मल्लसँग चिया खाँदै मिटिङ बसे’

मनिषा थापा

काठमाडौं : अभियान्ता ज्ञानेन्द्र शाही अस्पतालबाट डिस्चार्ज भएका छन् । चितवनमा शाहीमाथि अज्ञात समुहले साङ्घेतिक हमला गरेका कारण घाइते भई वीर अस्पतालमा उपचार्थ उनलाई आज डिस्चार्ज गरिएको हो।


उनले अस्पतालबाट डिस्चार्ज भएपछि आफुमाथि भएको आक्रमणमा सरकारको हात भएको आरोप लगाएका छन्। आफुलाई आक्रमण गर्ने समुह र प्रहरीको साठगाठमा घटना घटाइएको उनको दावी छ। उनले लोकतन्त्र ल्याउने ले नै लोकतन्त्रमाथि हमला भएको गुनासो पोखेका छन्।

उनले चितवनका एसपी दानबहादुर मल्लसँग बसेर आक्रमण गर्ने व्यक्तिहरुले ३० मिनेट अघि चिया खाएको प्रमाण आफु सँग रहेको दावी गरेका छन्।
भ्रष्टाचारविरुद्धका अभियन्ता शाहीमाथि गत शनिबार चितवनमा आक्रमण भएको थियो । उनलाई सत्तारुढ दल निकट युवा संघले विभिन्न जिल्लामा निषेध गरिरहेको अवस्थामा आक्रमण भएपछि सर्वत्र आलोचना भएको छ।

प्रतिक्रिया